२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पोखरामा मास्क नलगाई हिँड्ने २१ जना पक्राउ


२५ असार २०७७, बिहिबार  

0
Shares


२५ असार ०७७, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आज मास्क नलगाई हिँड्ने २१ जनालाई नियन्त्रणमा लिएको छ ।
अनिवार्य मास्क तथा सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आग्रह गरिएकामा त्यसको अवज्ञा गर्नेहरुलाई नियन्त्रणमा लिएर सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाहीका लागि जिल्ला प्रशासनमा पठाइएकोमा जनही रु १०० जरिवाना लिएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
कोरोना सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको थियो । कोरोनाको थप जोखिम बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी एकाइसमेतबाट माइकिङ गर्ने, सम्झाइ बुझाइ गर्ने गरिएकामा अटेर गर्नेहरुलाई कारवाही गरिने प्रहरीले स्पष्ट पारेको छ ।
जिल्ला प्रहरी कार्यालयले सम्पूर्ण कास्कीवासी नागरिकलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, न्यूनतम सामाजिक दूरी कायम गर्न र अनावश्यक जमघट नगर्नसमेत अनुरोध गर्दै आएको छ । यसको उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।