२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पत्रकार महासंघले भन्यो ‘भारतीय मिडियाको प्रचार बकवासपूर्ण ’


२५ असार २०७७, बिहिबार  

0
Shares


२५ असार ०७७, काठमाडौं । नेपाल पत्रकार महासंघले भारतीय मिडिया जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेको भनदै नेपाल पत्रकार महासङ्घले भत्र्सना गरेको छ ।
‘भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार÷प्रसारको भत्र्सना गर्दछ ।’ महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ

‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ, भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासङ्घको ठहर छ, महासङ्घ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचारप्रसारको कडा शब्दमा भत्र्सना गर्दछ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
महासङ्घले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएका झूटा र आक्षेपपूर्ण समाचारका सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिनका लागि कडा कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ७ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।