२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बूढानीलकण्ठ विद्यालयले विद्यार्थीसँग लक डाउनको शुल्क  नलिने


२५ असार २०७७, बिहिबार  

0
Shares

२५ असार ०७७, काठमाडौं । बुढानिलकण्ठ विद्यालयले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ । विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले बन्दाबन्दी (लकडाउन) का बीच मासिक शुल्क बुझाइसकेको भए पनि पछि शुल्कमा मिलान गरिने बताउनुभयो । उहाँले विद्यार्थीको मासिक शुल्क पेश्की स्वरुप बुझाउनका लागि पठाइएको बिल अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको समेत जानकारी दिनुभयो ।

विद्यालयले लकडाउन समयमा चैतदेखि असारसम्मको मासिक शुल्क भन्दै अभिभावकलाई बिल पठाएको थियो ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ८ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।