२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पशुपतिका भट्टहरु हटाउने हल्ला निराधार ः कोष


१ श्रावण २०७७, बिहिबार  

0
Shares

१ साउन ०७७, काठमाडांंै । पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरु हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको जनाएको छ ।

कोषका सदस्य–सचिव डा प्रदीप ढकालले आज विज्ञप्ति जारी गरी भट्ट हटाउने सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र कौषले कुनै सोच नबनाएको उल्लेख गरेका छन्।

नेपाल भारतबीच सदियौँदेखि जनस्तरमा धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिक रुपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल पार्न लागीपरेका शक्तिले यस किसिमको हल्ला गरेको विज्ञप्तिमा भनिएको छ । यस्ता भ्रामक हल्लाका पछि नलाग्न पनि कोषले आम मानिसमा आह्वान गरेको सदस्य–सचिव ढकालले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ७ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।