२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फेरि नेपाल प्रवेश ग¥यो सलह


२ श्रावण २०७७, शुक्रबार  

0
Shares

बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा असार ३१ गते साँझ देखापरेको सलह कीरा बिहीबार बिहान नेपालगञ्ज हुँदै उत्तर–पश्चिमतर्फ अघि बढदै । बाँकेमा झण्डै १० लाखको सङख्यामा सलह देखिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । तस्वीर ः काशीराम शर्मा/रासस

२ साउन ०७७,सलह । सलहको झुण्ड आज पनि पश्चिम नेपालको विभिन्न जिल्लाबाट प्रवेश गरेको छ ।
कृषि मन्त्रालयको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार भारतको पश्चिम क्षेत्रमा रहेको सलहको केही झुण्ड हावाले उडाएर नेपाल छिरेको हो ।
केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले आज बिहान नेपालगञ्ज र बाँकेबाट चारदेखि पाँच लाखको सलहको झुण्ड नेपाल छिरेको बताउनुभयो । यस्तै आजै कञ्चनपुरबाट समेत केही झुण्ड प्रवेश गरेको छ । असार २८ गते दाङबाट प्रवेश गरेको झुण्डले प्यूठानमा केही क्षति गरी तल्लो क्षेत्रमा गएको छ ।
मौसम विज्ञान विभागका अनुसार हावाको दिशा यही साउन २ गते दक्षिण पूर्वी र पूर्वबाट आउने छ । त्यस्तै ३ गते पनि सोही दिशाबाट हावा आउने छ । हावाको दिशा नेपालमा उत्तर–पश्चिम भएर जाने भएकाले पश्चिम क्षेत्रमा रहेको सलह प्रवेश गर्ने सम्भावना कम रहेको जनाइएको छ ।
यद्यपि भारतको पश्चिमी सिमानामा रहेको झुण्डबाट फुटेर केही विखण्डित समूह आउनसक्ने सम्भावना भने कायमै छ । सलहको झुण्ड पनि अहिले पश्चिम क्षेत्रमा छ । जमिनको सतहभन्दा एक हजार मिटरमाथि र समुन्द्र सतहभन्दा एक हजार ५०० मिटरमाथिबाट हावा बहने जनाएको छ ।
गतअसार १३ गते नेपाल प्रवेश गरेको सलहले विभिन्न क्षेत्रमा लगाएको बालीमा केही क्षति पु¥याएको छ । त्यो बेला सबैभन्दा बढी ८० देखि ९० लाख सलह प्रवेश गरेको अनुमान छ । किसानको सक्रियता र मौसम प्रतिकूल हुँदा ठूलो क्षति पु¥याउन भने नसकेको कीटविज्ञले बताएका छन् । अहिले पनि ठाउँठाउमा सलहले आफ्नो उपस्थिति देखाइरहेको छ । धेरै सलह जङ्गलमा बसेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।