१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कर्णालीमा सलहबाट ४० प्रतिशत बालीमा क्षति


४ श्रावण २०७७, आइतबार  

0
Shares

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार प्रवेश गरेको सलह सङ्कलन गर्दै बालबालिका । तस्वीर ः शुरबहादुर सिंह/रासस
४ साउन ०७७,सुर्खेत  । “इतिहासमा फट्याङ्ग्राको यत्रो सङ्ख्या देखेको पहिलोपटक हो, जसलाई सलहभन्दा रहेछन”, वीरेन्द्रनगर नगरपालिका– ७ सुर्खेत इत्रामका ६९ वर्षीय मनकुमारी गुरुङले भनिन, “एकैपटक आकाश र घरको बारीमा करोडौँको सङ्ख्यामा सलहको हुल देख्दा म त दङ्ग परे ।” शुक्रबार ठुलोे सङ्ख्यामा सलह यहाँका नागरिक आश्चर्य चकित परे । कतिले दङ्ग खाएर प्रश्न गर्दै थिए ः यो करोडौँको सङ्ख्यामा सलह कहाँबाट कसरी आयो र कहाँ गएर टुङ्गिन्छ ? यसलाई कसरी भगाउन सकिन्छ ? यद्यपि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रेडियो, टिभी, अनलाइन तथा पत्रपत्रिकाबाट पूर्वतयारीका लागि सूचना गरिएबमोजिम यहाँका स्थानीयले सडक, चौर र घरको छतमा निस्केर थाल, मादल बजाउँदै, ढ्याङ्ग्रो ठोके । दुई÷तीनवर्षे बालकदेखि ज्येष्ठ नागरिक बाहिर निस्कँदा सुर्खेतको दृश्य मेला जस्तै बनेको थियो । धेरै घरका छतमा ठूलो आवाजमा साउण्ड बक्ससमेत खोलिए । वीरेन्द्रनगर उपत्यका तथा सुर्खेतका विभिन्न स्थानीय तहमा आगो बालेर धुवाँ निकाले । तर पनि सलह भागेनन् । शुक्रबार ३ः०० बजे कर्णालीमा प्रवेश गरेर भोकाएको स्वार्म लेट नामको सलहले शनिबार बिहान ४० प्रतिशत बालीनालीमा क्षति पु¥याएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिएका छन् । “सलहले भेरीगङ्गा नगरपालिकाको दशरथपुर, रामघाट, छिन्चु र हर्रे, लेकबेंसी नगरपालिकाको कल्याण र चिङ्गाड गाउँपालिकाको मकै, धान र भट्टमास बालीमा क्षति पु¥याएको छ”, निर्देशक रोकायले भने, “यसको व्यवस्थापनका लागि एकीकत कृषि प्रयोगशालालाई जिम्मा दिइएको छ ।” उनका अनुसार फेरि पनि भदौमा यसभन्दा ठूलो सलहको बथान आउने अनुमान गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत धनबहादुर कठायतले दुई दिनदेखि सलह भगाउन नसकिएको बताए । “सलह उत्तर पूर्वतर्फ लागेको छ, सुर्खेतको मेहलकुना, रतु, गर्पन हुँदै दैलेखतर्फ लागेको छ”, सूचना अधिकारी कठायतले भने । बिहान ६ः०० देखि ९ः०० बजेको समयमा यसले बाली बढी क्षति गर्ने भएकाले प्राविधिक प्रभावित क्षेत्रको फिल्डमा पुगेको उन बताउए । भारतको राजस्थानबाट नेपालगञ्ज हुँदै करोडौँको सङ्ख्यामा कर्णाली प्रवेश गरेको सलह जुम्लासम्म पुगे पनि क्षतिबारे कुनै जानकारी नआएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सलहले पु¥याएको क्षति यकीनका लागि सूचना सङ्कलन गर्न कर्मचारी फिल्डस्तरमै पुगेको बताए । सलह प्राकृतिक विपत्ति भएकाले किसानहरुलाई मारमा पर्न नदिन प्रदेश सरकारले आगामी बैठकबाट उचित निर्णय लिन मन्त्री केसीले जनाए । सलह भगाउन स्थानीय विधिले उपया नलागेपछि सबै बाली सखाप पार्ने हो कि भन्ने चिन्तामा किसान छन् । उनीहरुले कृषि प्राविधिकलाई फोन सम्पर्कबाटै सलहको रोकथाम तथा क्षति भएको बाली अवलोकन गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ५८ बजे