१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


झापामा चल्न थाले भाडाका गाडी


४ श्रावण २०७७, आइतबार  

0
Shares

फाइल तस्विर

४ साउन ०७७, झापा । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि गरिएको लकडाउनदेखि थन्किएका सार्वजनिक वस चल्न थालेका छन् । करिब चार महिनापछि आजदेखि झापामा पनि फाट्टफुट्टरुपमा भाडाका सवारीसाधन सञ्चालन हुन थालेका हुन् ।
कोरोना भाइरसबाट हुनसक्ने जोखिम नियन्त्रण गर्न भन्दै गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीबाट थन्किएका बस सञ्चालनका लागि सरकारले असार २६ गते नै आग्रह गरे पनि व्यवसायीले भने विभिन्न माग राख्दै सञ्चालन गरेका थिएनन् । मौद्रिक नीतिले आफूहरुका मागलाई सम्बोधन गरेको भन्दै व्यवसायीले आजदेखि सरकारले जारी गरेको मापदण्डअनुसार नै बस सञ्चालन ल्याएका हुन् । आज भने पहिलो दिन भएकाले झापा जिल्लामा १० वटाजति मात्रै गाडी सञ्चालन भएको यातायात व्यवसायी सङ्घ दमकका अध्यक्ष गङ्गा सिटौलाले जानकारी दिनुभयो ।
एक जिल्लाबाट अर्को जिल्लासम्म जान नपाइने भएकाले झापाको काँकरभिट्टाबाट मोरङको सीमा उर्लाबारी मावा पुलसम्म बस सञ्चालनमा आउन थालेका हुन् । बस सञ्चालन भए पनि आज एउटामा पाँच÷छ जना मात्रै यात्रु रहेको अध्यक्ष सिटौलाले बताएका छन् । भोलिबाट अलि धेरै बस सञ्चालनमा आउने उनले बताए ।
लामो समयदेखिको बन्दले व्यवसायी मारमा परेको तथा अब काममा फर्कनुको विकल्प नभएको भन्दै सुरक्षित तवरले यात्रुवाहक बस चलाउन थालेको उनले बताए । तीन महिना बढीको लक डाउनले श्रमिक तथा कतिपय व्यवसायी पलायन पनि भएका छन् । दमकमा आजदेखि बस सञ्चालन गरिए पनि स्यानिटाइजरको अभाव, मास्क तथा गाडीका स्टाफ जोखिममा पर्ने भन्दै चुनौती रहेको व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : ५७ बजे