७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुर चेम्बरद्वारा मौद्रिक नीतिको स्वागत


६ श्रावण २०७७, मंगलबार  

0
Shares


६ साउन ०७७,ललितपुर । नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष २०७७र०७८ को लागि ल्याएको मौद्रिक नीतिको ललितपुर चेम्बर अफ कमर्सले स्वागत गरेको छ । चेम्बरले कर्जाको पुनर्संरचना,पुनर्तालिकीकरण,पुर्नकर्जा तथा सिडिसी अनुपातमा वृद्धि गरेर नीजि क्षेत्रका मागहरु सम्बोधन गरेको भन्दै सो नीतिको स्वागत गरेको हो । ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले विज्ञप्ती प्रकाशित जारी गर्दै गरेर चेम्बरले मौद्रिक नीतिको कार्यान्वयन गर्न माग गरेको छ ।
चेम्बरले जारी गरेको विज्ञप्तीमा ललितपुर चेम्बरले दिएको सुझाव पुर्ण रुसमा कार्यान्वयन नभएको प्रति गुनासो गर्दै बिनाको ऋण र सावाँ तिर्न कठिन भईरहेको स्थितिमा यस मौद्रिक नीतिले कम प्रभावितलाई पुस मसान्त सम्म,मध्यम प्रभावितलाई चैत्र मसान्त सम्म र अति प्रभावित क्षेत्रलाई असार मसान्त सम्म सावाँ र ब्याज तिरे हुने व्यवस्था गरी पनि कम, मध्यम र अति प्रभावित क्षेत्रबारे व्याख्या नगरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

लक डाउनपछि लगानीको उचित वातावरण नबन्दा बजारमा तरलता रहेकाले आवास कर्जाको सुविधालाई ५० ७५ प्रतिशतसम्म पुर्याउन ललितपुर चेम्बर अफ कमर्सले माग गरेको छ

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ९ : ०७ बजे