२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वडाध्यक्षलाई कुटपिट गर्ने छ जना पक्राउ,काँग्रेसले सडकमा बाल्यो आगो


१२ श्रावण २०७७, सोमबार  

0
Shares


१२ असार ०७७, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कार्यकक्षमै कुटपिट गर्ने समूहका छ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार पक्राउ पर्नेमा नारद ठगुन्ना, विनोद ठगुन्ना, वसन्त ठगुन्ना, मानसिंह ठगुन्ना, नवीन ठगुन्ना र आनन्द ठगुन्ना रहेका छन् । वडाध्यक्षको किटानी जाहेरीका आधारमा छ जनालाई सोधपुछका लागि पक्राउ गरिएको उनको भनाइ छ ।
पक्राउ परेकाहरुको रिहाइको माग गर्दै नेपाली काँग्रेसका कार्यकर्ताले इलाका प्रहरी कार्यालय झलारी घेराउ गर्नाका साथै झलारी बजारमा टायर बालेका छन् ।
वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण र राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको कार्य भइरहेका बेला नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापतिको नेतृत्वमा गएको समूहले वडाध्यक्षमाथि कुटपिट गर्नाका साथै कार्यकक्षमा तोडफोडसमेत गरेको थियो ।
वडाध्यक्ष महरालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकलतर्फ लगिएको छ । नेकपा शुक्लाफाँटा नगरकमिटी र शुक्लाफाँटा नगर कार्यपालिकाले छुट्टाछुट्टै रुपमा विज्ञप्ति जारी गरी दोषीमाथि अविलम्ब कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।