
१७ साउन ०७७,दमौली । मास्क प्रयोग नगरी हिँडडुल गर्नेलाई प्रहरीले कारवाही शुरु गरेको छ । तनहुँको दमौलीमा मास्क नलगाई हिड्ने ३ सय ३० जनालाई प्रहरीले कारवाही गरेको हो । बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा रु ३३ हजार राजश्व सङ्कलन भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले शनिबार १ सय, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार १ सयलाई कारवाही गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् । “जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो”, उनले भने, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छाँै ।” तिमिल्सिनाका अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरसबारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ ।
१८ श्रावण २०७७, आइतबार
0
Shares







प्रतिक्रिया