११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


मास्क लगाएर मच्छिन्द्रनाथको दर्शन


१८ श्रावण २०७७, आइतबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
१८ साउन ०७७, पुल्चोक । कोरोनाभाइरसको महामारीबीच ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा जारी छ । उपत्यकाकै लामो समयसम्म मनाइने यो जात्रा अरु बेला सामान्यतया १ महिनासम्म चल्ने गरेको थियो । कोरोना भाइरसको महामारीपछि गत चैत्र ६ गते महास्थान गरेर शुरु गरिएको यो जात्रा गतबर्षको २४ गते रथारोहणको साइत निकालिएको भए पनि लकडाउनका कारण सम्भव भएन ।


साउन १० गते ज्योतिषले निकालेको साइतमा पुल्चोक स्थित भर्खर बनाइएको रथमा मच्छिन्द्रनाथको मूर्ति रथारोहण गरिएको छ । कोरोना भाइरसको सन्त्रास र उपत्यकामा बढ्दै गइरहेको संक्रमणका कारण मच्छिन्द्रनाथको रथयात्रा बारे केही टुंगो लगाइएको छैन ।


यद्यपी प्रशासनसँगको छलफलपछि विभिन्न संघ संस्थाले जारी गरेको विज्ञप्ती अनुसार लक डाउन पूर्ण रुपमा खुलेपछि भदौ १ गतेपछि रथयात्रा शुरु हुनेछ ।
पुल्चोकमा रहेको रथ र मच्छिन्द्रनाथको दर्शन गर्नेको आजकल भीड छ । पाटन लगायत उपत्यकाभरका नेवार समुदाय मच्छिन्द्रनाथको दर्शन गर्न आइपुग्ने गर्दछन् । मास्क लगाएर मच्छिन्द्रनाथको दर्शन गर्नेहरुको दृश्य, हेरौं ः

 

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १० : १४ बजे