४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


रूसले अर्को महिना कोरोना भाइरसको खोपको उत्पादन गर्ने


२० श्रावण २०७७, मंगलबार  

0
Shares


२० साउन ०७७,मस्को । रूसले कोरोनाभाइरसको खोप ठूलो मात्रामा उत्पादन अर्को महिना सुरु गर्ने बताएको छ । साथै सन् २०२१ को सुरूसम्ममा प्रतिमहिना लाखौँ मात्रामा खोपको उत्पादन गर्ने दावी गरेको छ ।
रूसले खोपका धेरै नमूनाहरूको अनुसन्धानहरूलाई अगाडि बढिरहेको बताएको छ । मस्कोको गमलेया इन्स्टिच्युटमा तयार गरिएको खोपको विकास उन्नत चरणमा पुगेको रूसले दावी गरेको छ ।
“हामी सेप्टेम्बरसम्ममा सामूहिक उत्पादन सुरु गर्नेमा विश्वस्त छौँ,” उद्योगमन्त्री डेनिस मन्तुरोभले रूसी समाचार संस्था तास न्यूज एजेन्सीसँगको साक्षात्कारमा बताए ।

उनले भने, “हामी एक महिनाका लाखौं मात्रा उत्पादन गर्नसक्नेछौँ र आगामी सेप्टेम्बरदेखि खोपलाई अत्यधिक उत्पादन गर्ने सुनिश्चित गर्न सक्षम हुनेछाँै । अर्को बर्षको शुरूसम्ममा करोडौँको खोपको मात्रा उत्पादन गर्नेछौँ ।” खोप विकासमा लागेको उक्त संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन टेक्नोलोजी तयार गरिरहेको पनि रूसी समाचार संस्थाहरूले बताएका छन् ।
स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले सोमबार भने, “गमलेयाले तयार पारेको खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताका लागि आवश्यक प्रक्रिया सुरू भइरहेको छ ।”
“साइबेरियामा रहेको भेक्टोर प्रयोगशालाले विकसित गरेको अर्को खोप हाल क्लिनिकल परीक्षणमा रहेको छ र अर्को दुई महिनामा मानव परीक्षण सुरु हुनेछ,” मुराश्कोले भने ।
गमलेयाको खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसको मतलब यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए एन्कोडिंगमार्फत आवश्यक प्रतिरक्षा कोशिका उत्पादन गरी उपचारमा सहयोग गर्छ ।
गमालेयाको खोपले ‘एडेनोभाइरस’ उत्पादन प्रविधि हो जुन चीनको क्यानसिनोले उत्पादन गरेको खोपको लाई काममा लिएको छ, चीनको क्यान्सिनोले विकास गरेको कोरोनाभाइरस खोपको प्रविधिसँग मिल्दोजुल्दो रहेको छ । क्यान्सिनोको खोपको पनि क्लिनिकल परीक्षणको अन्तिम चरणको परीक्षण भइरहेको छ ।

अनुसन्धानकर्ता र निर्देशकहरूले केही महिना अघि खोपको प्रोटोटाइपलाई अनधिकृतरूपमा आँफूमा प्रयोग गरेपछि गमलेया इन्स्टिच्यूट आलोचनाको शिकार बनेको थियो । विशेषज्ञहरूले यस कदमलाई अपरम्परागत शैलीको रूपमा आलोचना गरेपछि मानव परीक्षण सुरु गरिएको थियो ।
वैज्ञानिकहरूले एएफपीलाई भनेका छन कि रूसले यसको खोपलाई ठूलो उत्पादनमा अनुकूलन गर्न सङ्घर्ष गर्नेछ किनकि रूसमा भाइरल भेक्टर जस्ता उन्नत टेक्नोलोजी, कच्चा पदार्थ, पर्याप्त सुविधा र अनुभवको अभाव छ ।
केही रूसी अधिकारीहरूले सोभियत युगमा पहिलो स्याटेलाइट उत्पादन गर्ने अन्तरिक्ष दौडसँग दाँजेर यसको भ्याक्सिन ल्याउने देश पहिलो हुने बताएका छन् ।
यसैबीच रूसी गुप्तचर सेवासँग सम्बन्धित ह्याकर समूहले पश्चिमी प्रयोगशालाबाट कोरोनाभाइरस खोपको बारेमा जानकारी चोरी गर्न खोजेको भन्ने बेलायत, संयुक्त राज्य र क्यानडाका आरोपहरू खारेज गरेको छ ।
रूस कोरोनाभाइरस सङ्क्रमणका हिसाबले संयुक्त राज्य अमेरिका, ब्राजिल र भारत पछि विश्वमा चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : २२ बजे