४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


रुसमा कोरोना भाइरसको खोपलाई स्वीकृती


२८ श्रावण २०७७, बुधबार  

0
Shares

गतमार्च १६ मा खोप लगाउँदै वर्षीया जेनिफर। तस्बिरः एपी

२८ साउन ०७७,मस्को । रुसमा संसारमै पहिलोपल्ट कोरोना भाइरसको खोपलाई स्वीकृती दिइएको छ ।
राष्ट्रपति भ्लादिमीर पुटिनले कोरोना विरुद्धको खोप दर्ता भएको जानकारी दिएका छन् । रूसी समाचार संस्था स्पुतनिकका अनुसार आफ्नी एउटी छोरीले खोपको परीक्षणका लागि एक मात्रा प्रयोग गर्ने सौभाग्य पाएको भन्दै रूसी राष्ट्रपतिले यसमा खुशी व्यक्त गरेका छन् ।
संसारमा सबैभन्दा पहिले कोरोना भाइरस विरुद्धको खोपलाई स्वीकृती दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ ।

“मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ सङ्क्रमणविरुद्धको पहिलो खोप आज बिहान दर्ता गरिएको छ,” राष्ट्रपति भ्लादिमीर पूटिनले सरकारसँगको बैठकमा भनेका छन् ।

“मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधीको सामूहिक उत्पादन सुरु गर्न सक्षम हुनेछौं, जुन एकदम महत्वपूर्ण छ,” पुटिनले थपे । यसैबीच, रूसका स्वास्थ्यसेवा मन्त्री मिखाइल मुराश्कोले रुसी माइक्रोबायोलोजी अनुसन्धान केन्द्र गमलेयाको कोभिड–१९ खोपलाई राज्यले दर्ता गरेको जानकारी दिएको छ । गमलेयाले बनाएको खोप सुरक्षित र प्रभावकारी साबित भएको उनको भनाई छ ।
यद्यपि खोपबारे विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक धारणा आइसकेको छैन ।

“मेरी छोरीमध्ये एक छोरीलाई खोप दिइयो । वास्तवमा उनले एक प्रयोगमा भाग लिइन् । पहिलो खोप लगाएपछि उनको शरीर ३८ डिग्री सेल्सियस (१०० डिग्री फरेनहाइट) पुगेको थियो । तर भोलिपल्ट तापक्रम केही कम तर ३७ डिग्रीभन्दा माथि रहेको थियो ।”
जोन्स हकिन्स विश्विद्यालयको पछिल्लो अपडेट अनुसार हालसम्म कोरोना भाइरस बाट विश्वमा दुई करोड ९२ हजार ८ सय ५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने हालसम्म सात लाख ३६ हजार २ सय ५४ सङ्क्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई महामारीका रूपमा विश्वभर फैलिएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : १९ बजे