२९ कार्तिक २०८१, बिहिबार | Thu Nov 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य रु ६ हजार २ सयले घट्यो


२८ श्रावण २०७७, बुधबार  

0
Shares

२८ साउन ०७७, काठमाडौं । नेपाली बजारमा आज सुनुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ६ हजार २ सयले घटेको छ ।

महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९ सय तोकेको छ ।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु २२५ ले घटेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला रु एक हजार २ सय १० निर्धारण गरिएको छ ।

मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार पुगेको थियो । मङ्गलबार पनि सुनको मूल्य प्रतितोला रु ८ सयले घटेको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्यमा गिरावट आएको छ ।  प्रतिऔँस दुई हजार डलर नाघेको सुनको मूल्य आज विश्वबजारमा प्रतिऔँस एक हजार ८ सय ९०.५५ डलरमा झरेको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको बताए । विश्वबजारमा सुनको भाउ घट्नाका कारणबारे आफूले अध्ययन गरिरहेको  सुनारको भनाइ थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  २ : ४७ बजे