८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ साउन २९,विहीबार)


२९ श्रावण २०७७, बिहिबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ साउन २९ गते विहीबार तदनुसार अगस्ट महिनाको १३ तारिक । शक संवत् १९४२ नेपाल संवत् ११४० गुँलागा प्रमादी दक्षिणायन वर्षा बुधवार भाद्र कृष्णपक्ष तिथिनवमी , ०९स्३१ बजे उप्रान्त दशमी नक्षत्र रोहिणी , २७स्१४ बजे उप्रान्त मृगशिरा योग ध्रुव , ०९स्०० बजे उप्रान्त व्याघात करण गर ०९स्३१ बजेदेखि वणिज , २२स्०४ बजे उप्रान्त वालवचन्द्रराशिवृष आनन्दादि योग उत्पातदिनमान ३२।५० सूर्योदय ०५स्३४ सूर्यास्त १८स्४२ गुँगा नवमी। ललितपुरमा भीमयात्रा । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, नसोचेको ठाउमा धनको नाश हुने दिन छ । स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला ।
वृष– पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ । काममा सहयोगीे साथीभाइ हरुले राम्रो साथ दिनेछन्, खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ ।
मिथुन– आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । तपाइका प्रशंम्सा गर्नेहरु बढ्नेछन्, ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ
कर्कट– खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ ।
सिंह– अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ केहि रुपैयापैसा भने खर्च गर्नुु पर्ने छ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ, शरिरमा सामान्य रोगले पनि सताउन सक्छ ।
कन्या– टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नु होला । तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन ।
तुला– लामो समयदेखि रोकिएको काम बन्नुेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउबाट धन आउने दिन छ । आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ ।
वृश्चिक– साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ । काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला, सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ ।
धनु– काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कुसैसंग मनमुटाव हुनसक्छ । वादविवादमा पर्न सकिन्छ एकदमै सावधान रहनु होला, अनायसै रुपैयापैसाको पनि क्षती हुने दिन छ ।
मकर– श्रमको उचित मूल्यांकन हुनेछ । त्।र काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ । काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला ।
कुम्भ– पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जका साथ बित्नेछ । सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ ।
मीन– आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ । नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, सामान्यतया दिन ठिकै छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ७ : ०१ बजे