८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ साउन ३०,शुक्रबार)


३० श्रावण २०७७, शुक्रबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ साउन २९ गते विहीबार तदनुसार अगस्ट महिनाको १३ तारिक । शक संवत् १९४२ नेपाल संवत् ११४० गुँलागा प्रमादी दक्षिणायन वर्षा बिहीवार भाद्र कृष्णपक्ष तिथि दशमी , १०स्३१ बजे उप्रान्त एकादशी नक्षत्र मृगशिरा , २८स्३३ बजे उप्रान्त आर्द्रा योगव्याघात , ०८स्५० बजे उप्रान्त हर्षण करणभद्रा १०स्३१ बजेदेखि वव , २२स्५० बजे उप्रान्त तैतिलचन्द्रराशि वृष आनन्दादि योग मानसदिनमान३२।४६ सूर्योदय ०५स्३४ सूर्यास्त१८स्४१। ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाउमा धन जादैछ सामान्य रोगले पनि सताउने छ होसियार रहनु होला ।
वृष– नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ, ुसाथै ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ ।
मिथुन– व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ साथै धनलाभ पनि हुनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ ।
कर्कट– अवसर आए पनि विचारेर मात्र नया काम सुरु गनु होला कतै टाढाको यात्राको संभावना छ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ, टाढाको यात्राको पनि संभावना रहेको छ ।
सिंह– स्वास्थ्यगत कमजोरीले सताउला मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ । आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुर्दछ, काम गर्नमा खासै मन नजाला ।
कन्या– प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला ।
तुला– रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैयापैसा प्राँप्त हुने दिन रहेको छ ।
वृश्चिक– व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ, पुराना साथीभाइसंग पनि भेट होला ।
धनु– आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला साथै मनमा पिडाले पनि सताउने छ । । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् विचार गर्नु होला ।
मकर– कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।
कुम्भ– स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मान–सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ ।
मीन– कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । कुनै नयाकामको स्रोत फेला पर्ने दिन छ, जागिरमा भने समस्या देखा पर्ने देखिन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : ०१ बजे