८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुर सातदोवाटोस्थित ओलम्पिक कमिटीको कार्यालयका दुईमा कोरोना


३२ श्रावण २०७७, आइतबार  

0
Shares

????

३२ साउन ०७७, ललितपुर । नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुको गतबुधबार पिसिआर परीक्षण गरिएको थियो ।
कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार गतसाता स्क्वास प्रशिक्षकमा कोरोना देखिएपछि सबै कमिटीका सबैको कोरोना परीक्षण गरिएको हो । साखेक्रममा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको हो । कमिटीले आठ जनाको पिसिआर परीक्षण गरेको थियो । कोरोना देखिएपछि कमिटीको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको श्रेष्ठले जानकारी दिए ।
कर्मचारीमा कोरोना देखिएपछि कमिटीका सबै पदाधिकारीको समेत कोरोना परीक्षण गर्न लागिएको बताइएको छ । परीक्षण गरिएका दुई जनाको रिपोर्ट आउन बाँकी छ । दुई कर्मचारीको पुनः परीक्षण गर्नुपर्ने देखिएको कमिटीले जनाएको छ । उनीहरु दुवै कमिटीको कार्यालयमा कार्यरत चौकीदार हुन् । सातदोबाटोको अन्तरराष्ट्रिय खेलकूद परिसरमा कोरोना देखिएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पनि आफ्नो कार्यालय बन्द गरेको छ । एक फुटबल खेलाडीमा कोरोना पुष्टि भएपछि एन्फाले कार्यालय बन्द गरेको प्रवक्ता किरण राईले बताएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : ०४ बजे