८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ भदौं ०१,सोमबार)


१ भाद्र २०७७, सोमबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ भदौं ०१ गते सोमबार तदनुसार अगस्ट महिनाको १७ तारिक । शक संवत् १९४२ नेपाल संवत् ११४० गुँलागा प्रमादी दक्षिणायन वर्षा सोमवार भाद्र कृष्णपक्ष तिथि त्रयोदशी , १०स्३१ बजे उप्रान्त चतुर्दशी नक्षत्र पुनर्वशु ०५स्४१ बजेदेखि तिष्य , २९स्३२ बजे उप्रान्त मघा योग सिद्धि ०५स्५९ बजेदेखि व्यतीपात , २८स्१५ बजे उप्रान्त परिघ करण वणिज १०स्३१ बजेदेखि भद्रा , २२स्०५ बजे उप्रान्त नाग चन्द्रराशि कर्कट आनन्दादि योग धुम्र दिनमान ३२।३६ सूर्योदय ०५स्३६ सूर्यास्त १८स्३८ भाद्र संक्रान्ति। वल्के पर्व। कीर्तिपुरमा वागभैरव यात्रा। जुगस् येँ पञ्चदान। जुगस् चह्रे पूजा। सर्वार्थसिद्धि योग ५स्४१ देखि १०स्३१ बजेसम्म र २२स्०५ देखि २९स्३२ बजेसम्म । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ ।
वृष– दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । नयाँ कामका स्रोत फेला पर्लान । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान–सम्मान पनि पाइनेछ ।
मिथुन– मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनु पर्ने दिन छ । धेरै बोल्ने बानीले दुःख पाइएला होस पुर्याउनु होला । धनको नाश पनि होला ।
कर्कट– प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ । काममा अरुको समर्थन पाइने छ । आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान ।
सिंह– प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । रुपैया पैसा आर्जन हुने योग परेको छ । गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ, धन कमाउने योग छ ।
कन्या– व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । नसोचोको स्थानबाट धन आर्जन हुनेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ ।
तुला– समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । खानपिनमा सजक रहनु होला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ ।
वृश्चिक– विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । काममा कठिनाइ सहनु पर्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ ।
धनु– भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आय सन्तोष जनक रहनेछ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् ।
मकर– कतैबाट आर्थिक लाभ हुने समय छ चनाखो भने रहनु होला । कामहरु पनि सजिलै संग बन्ने छन । केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला ।
कुम्भ– सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नृुृ होला । हातहतियारबाट जोगिनु पर्ने दिन रहेको छ । केही विवाद तथा समेत परिने योग छ सावधान रहनु होला ।
मीन– परिस्थिति सँग केही सम्झौता गर्नुपने छ । जगिरका क्रममा समस्या आउन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ८ : ०० बजे