५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


सम्पादकीय ः मास्क लगाऔं घरमै बसौं


२ भाद्र २०७७, मंगलबार  

0
Shares

फाइल तस्विर

संसारभर अहिले कोरोना भाइरसले माहामारी मच्चाइरहेको छ । हिजोको लकडाउन एक किसिमको रहरजस्तै थियो । अहिले लकडाउन थप्नु पर्ने बाध्यता आइलागेको छ । तर सधैं लकडाउन गरिरहन सम्भव हुँदैन ।
त्यसैले सम्भव भएसम्म घरमै बसौं । घरबाहिर जानै परे सबैले स्वास्थ्य मापदण्ड पालना गरौं । मास्क लगाऔं । सेनिटाइजर प्रयोग गरौं । दुरी कायम गरौं ।
आज बाँचियो भने भोलि कमाउला । रमाउला । भोज पार्टी जात्रा चाड पर्वमा सहभागी नहोऔं । भगवानको मन्दिरमा क्षमा पुजा गरौं ।
ब्रत नबसौं । यसो गर्नु परेकोमा इश्वरसँग माफी मागौं । किन की तपाईको इमिनिटी पावर बढाउनु छ । रोगसँग लड्ने क्षमता बढाउनु छ ।
सम्झनुहोस् म बाहेक सबैलाई कोरोनाभाइरसको संक्रमण छ । मैले बच्नुपर्छ । यसरी होसियारी अपनाए तपाईलाई कोरोनाभाइरसले छुदै छुँदैन ।
कोरोना भाइरस कुनै ठट्टा होइन । मलाई कोरोना सोरोना केही लाग्दैन भन्ने घमण्ड त्यागौं । किनकी काल बाजा बजाएर आउदैन । यो कोरोना भाइरसले संसारभर आतंक मच्चाइरहेको छ । तपाईलाई मात्र यसले छोड्दैन ।
कोरोनाको कुनै औषधि छैन । तर यो लाग्नासाथ मान्छेको मृत्यु नै हुन्छ भन्ने चाही छैन । समयमै अस्पताल जाने हो भने निको पनि हुन्छ ।

मास्क लगाउनु भयो, स्वास्थ्य मापदण्ड पालना गर्नुभयो भने तपाई आफ्नो परिवारलाई जोगाउन सक्नुहुन्छ । समाज, आफन्त र इष्टमित्र सबैको रक्ष ा गर्न सक्नु हुन्छ । सानो गल्तीले ठूलो क्षति हुन सक्छ ।
भोली माहामारीले भयानक रुप लियो भने हामी कोही बाँच्न सक्दैनौं । डाक्टर स्वास्थ्यकर्मीहरु विरामी परे अस्पतालको बेडहरु भरिए भने हामी घर घरमै मर्न बाध्य हुन्छौं । कोरोना लागेको शव कसैले छुनेछैन । तर खुशीको कुरा संसारभरका बैज्ञानिकहरु केरोना भाइरसको औषधि बनाउन दिनरात लागिरहेका छन् । केही महिना जोगिए हामीले पक्कै औषधि पाउनेछौं ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : ४२ बजे