४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकामा कोरोना भाइरसको खोप परीक्षण ढिला गरेको भन्दै आलोचना


८ भाद्र २०७७, सोमबार  

0
Shares

US President Donald Trump speaks during a campaign rally at the BOK Center on June 20, 2020 in Tulsa, Oklahoma. – Hundreds of supporters lined up early for Donald Trump’s first political rally in months, saying the risk of contracting COVID-19 in a big, packed arena would not keep them from hearing the president’s campaign message. (Photo by Nicholas Kamm / AFP)

८ भदौं ०७७, वासिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार कोरोनाभाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचना गरेका छन् ।
“एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको मानव परीक्षण प्रक्रियालार्ई धेरै जटिल बनाइरहेका छन्,” ट्रम्पले भने ।
ट्रम्पले ट्वीट गर्दै लेखेका छन्, “स्पष्ट छ, तिनीहरू नोभेम्बर ३ सम्म यसबारे प्रतिक्रिया जनाउन समेत ढिलाइ गर्नेछन् । मैले यो कुरालाई बुझेको छु । नागरिकको जीवन बचाउने गतिमा ध्यान दिनै पर्छ ।” संयुक्त राज्य अमेरिकामा हाल तेस्रो चरणको परीक्षणका लागि कोरोना भाइरस विरूद्धका तीन खोपहरू पर्खाइमा रहेका छन् ।
जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अमेरिकाका कूल ५६ लाख ६५ हजार ४ सयभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ भने एक लाख ७६ हजार ३ सय ३२ सङ्क्रमितको मृत्यु भएको छ ।

निर्वाचनको समयसीमा नजिकिँदै गर्दा भएका विभिन्न सर्वेक्षणले रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारसमेत रहेका ट्रम्पलाई कमजोर देखाइरहेका समय उहाँको यो भनाइ आएको हो ।
राष्ट्रपति ट्रम्पको पक्षमा सर्वेक्षण रिपोर्टहरू नआउनुलाई अमेरिकाको कोरोनाभाइरस नियन्त्रण प्रयाससँग जोडेर पनि हेर्ने गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १ : ३२ बजे