८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


सज्जा बनिन् तेश्रो नेपाल आइडल


१३ भाद्र २०७७, शनिबार  

0
Shares


१३ भदौं ०७७, काठमाडौं । अन्तराष्ट्रिय फ्रेन्चाइज रियालिटि शो नेपाल आइडल तेस्रो संस्करण सज्जा चौलागाईले हात पारेकी छिन् ।
शुक्रबार काठमाडौं थापाथलीस्थित एपिवान स्टुडियोमा आयोजना गरिएको ग्राण्ड फिनालेमा ‘नेपाल आइडल ३’ को घोषणा गरिएको थियो । फस्ट रनर अप प्रविण भेटवाल भए, भने सेकेन्ड रनरअप किरणकुमार भुजेलले जिते ।
घोषणा कार्यक्रम भव्यताका साथ गर्ने योजना भए पनि कार्यक्रमका प्रस्तोता असिफ शाह कोरोना संक्रमित भएपछि एपि वानका अध्यक्ष रामेश्वर थापाले विजेताका नाम पढेरसुनाएका थिए ।
नेपाल आइडलका विजेता चौलागाईले ५० लाख नगद जितेकी छिन् । फस्ट रनरअप विजेता प्रविण वेडवालले १० लाखमा चित्त बुझाए भने सेकेण्ड रनरअप भुजेलले ५ लाखमा चित्त बुझाए ।
आइडलको विजेता छनौट अन्तिम समयमा आएर भोटद्वारा छनौट गरिएको थियो । कोरोना माहामारीका कारण रोकिएका नेपाल आइडल लक डाउन खुलेपछि केही हप्ता अगाडि पुन सुरु भएको थियो ।
यो कार्यक्रम एपी वान टेलिभिजनबाट हरेक विहीबार र शुक्रबार प्रशारण हुदै आएको थियो । यसअघि बुद्ध लामा र रवि ओडले क्रमश पहिलो र दोश्रो नेपाल आइडलको उपाधि चुमिसकेका छन् ।
कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा थिए । यद्यपी छनौटको लागि भोटिङ्गको सहारा लिइएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ८ : २४ बजे