४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


जापानी प्रधानमन्त्री आबेद्धारा राजीनामा दिने घोषणा


१३ भाद्र २०७७, शनिबार  

0
Shares

१२ भदौ ०७७ (रासस÷एएनआई) ः जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जापानको सरकारी प्रसारण संस्था एनएचकेले सम्प्रेषण गरेको समाचारमा उहाँले अस्वस्थताका कारण राजीनामा दिने मनस्थिति बनाएको बताइएको थियो ।
आवेले आजै अपरान्ह पत्रकार सम्मेलन गरी आफूले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनले आफु अस्वस्थ्य हुदा हुदै पदमा बसिरहनु उपयुक्त नहुने ठानेर राजीनामा दिन लागेका बताएका थियो ।
आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने उनको भनाई छ । पार्टीले प्रधानमन्त्रीको अर्काे उम्मेदवार नछान्दासम्म मात्र आफू पदमा बस्ने उनले बताए ।
नयाँ प्रधानमन्त्री छान्ने विषयमा आवेको डेमोक्र्याटिक पार्टीले अर्काे हप्ता आवश्यक छलफल गरी निर्णय लिने बताइएको छ ।उनको कार्यकाल आगामी सन् २०२१ को सेप्टेम्बरसम्म भएपनि उनले अहिले नै राजीनामा दिन लागेको समाचारमा जनाइएको छ ।

सन् २०१२ देखि लगातार शक्तिमा रहनु भएका आवे जापानमा सवैभन्दा लामो समय प्रधानमन्त्री हुनुभएका नेता हो । उनले यसअघि सन् २००७ मा पनि स्वास्थ्य समस्याकै कारणले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर पछि सुधार भएपछि फेरी निर्वाचित भएका हुन् ।
पछिल्लो दुई हप्तामा उनी दुई पटक अस्पताल गएका छन् । उहनी अर्को महिनादेखि ६६ बर्ष लागीसकेका छन् । उनलाई आन्द्रामा समस्या रहेको र पछिल्लो समयमा समस्या झन झन बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् ।
कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न राम्रोसँग नसकेको भन्दै जापानमा सरकारको लोकप्रियता अहिले केही खस्किएको छ । लोकप्रियता खस्किएको र काम गर्न नसकेको कारणले भने राजीनामा दिन लागेको भनिएको छैन ।
जापानमा प्रधानमन्त्रीले राजीनामा दिएपछि कार्यबहाक प्रधानमन्त्री बनाइने कानुनी व्यवस्था रहेको छ । मन्त्रीपरिषद्मा उनीपछिको दोस्रो बरियताक्रममा उपप्रधान तथा अर्थमन्त्री रहेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ९ : ४३ बजे