३१ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा झण्डै ६ सय कोरोना संक्रमित


२८ भाद्र २०७७, आइतबार  

0
Shares


२८ भदौ ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । उपत्यकामा आइतबार ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मनत्रालयका प्रवक्ता डा जागेश्वर गौत्तमले काठमाडौंका ४ सय ८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएका हुन् ।
पछिल्ला दिनहरुमा ललितपुर र भक्तपुरमा कोरोना संक्रमित तुलनात्मक रुपमा कम देखिए पनि काठमाडौं जिल्लामा भने स्थिती भयावह छ ।
काठमाडौं जिल्लामा आइतबारै ६ जनाको निधन भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ५ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।