१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नुवाकोटमा मापदण्ड विपरितका पाँच क्रसर बन्द


५ आश्विन २०७७, सोमबार  

0
Shares


५ असोज ०७७, नुवाकोट । जिल्ला प्रशासन कार्यालयले मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु बन्द गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित पाँच क्रसर उद्योग बन्द गराएको हो । प्रचलित कानूनअनुसार क्रसर उद्योगहरु सञ्चालन भए नभएको अनुगमन गर्ने क्रममा मापदण्ड विपरित सञ्चालन भएको पाइएकोले बन्द गराईएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिएका छन् ।
बन्द गराइएको क्रसर उद्योगमा लिखु गापा–४ स्थित क्षेत्रपाल क्रसर उद्योग प्रालि, तादी गापा–१ स्थित सूर्यकुण्ड रोडा ढुङ्गा उद्योग प्रालि, तादी गापा–३ स्थित दुप्चेश्वर रोडा ढुङ्गा क्रसर उद्योग प्रालि, पञ्चकन्या गापा–२ स्थित नेशनल लाइभ एण्ड स्टोन कम्पनी प्रालि र विदुर नपा–५ मा रहेको बर्ड स्टोन क्रसर उद्योग प्रालि रहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।