२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


करेन्ट लागेर वडाध्यक्षको मृत्यु


६ आश्विन २०७७, मंगलबार  

0
Shares


६ असोज ०७७,सोलु । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते हुनुभएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते भएको तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी लेखापढी व्यवसायी सङ्घ सोलुखुम्बुको अध्यक्षसमेत थिए । उहाँको श्रीमती र तीन छोराछोरी रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ११ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।