८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ असोज १५,विहीबार)


१५ आश्विन २०७७, बिहिबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असोज १५ गते विहीबार । तदनुसार २०२० अक्टोबर महिनाको १ तारिक । ज्योतिष पण्डित तुलसी भारद्वाज निरौंलाद्घारा लिखित राशीफल यस प्रकार छ ।
राशीफल
मेष– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।
वृष– प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला ।
मिथुन– टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको तारिफ हुनाले उत्साह बढ्नेछ ।
कर्कट– केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सोचेको काम पनि नबन्न सक्छ ।
सिंह– आयआर्जनका स्रोत बढ्नेछन्, व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।
कन्या– लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ ।
तुला– भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् ।
वृश्चिक– आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ ।
धनु– आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।
मकर– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला ।
कुम्भ– कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् ।
मीन– चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ७ : १३ बजे