८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशफिल(२०७७ असोज २१, बुधबार)


२१ आश्विन २०७७, बुधबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असोज २१ बुधबार । तदनुसार अक्टुबर ७ महिनाको तारिक २०२० । पञ्चमी अधिक आश्विन कृष्णपक्ष । ज्यो. पं. तुलसी भारद्घाजद्घारा लिखित आजको राशीफल यसप्रकार छ ः
राशीफल
मेष–अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ ।
वृष– आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला ।
मिथुन– परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ ।
कर्कट– यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्ने समय छ । पढाइ आज खासै राम्रो छैन ।
सिंह– ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला ।
कन्या– आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ ।
तुला–सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ ।
वृश्चिक– आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन ।
धनु– खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन् ।
मकर– आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, खानपानमा पनि एकदमै सजक रहनु होला ।
कुम्भ– लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् । भोगविलासमा मन रमाउनेछ ।
मीन– विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ५ : ४३ बजे