२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सानिमा जनरल इन्स्योरेन्सको साधारण शेयर बिक्रि शुरु


२१ आश्विन २०७७, बुधबार  

0
Shares


२१ असोज ०७७,काठमाडौं । आज(बुधबार)देखि सानिमा जनरल इन्स्योरेन्सले साधारण शेयर(आईपीओ) विक्री खुला गरेको छ ।
इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । त्यसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।
सर्वसाधारणका लागि बाँकी २७ लाख ३० हजार कित्ता शेयर बिक्रि हुनेछ । शेयर चाडोमा असोज २५ गते र ढिलोमा कात्तिक ६ गतेसम्म आवेदन दिन पाइनेछ । शेयर न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
कम्पनीका अहिले चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ । १ अर्ब रुपैयाँ जारी पूँजी रहेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सर्वसाधारणलाई आईपीओ विक्री पश्चात जारी पूँजी १ अर्व हुनेछ ।
साधारण शेयर विक्रीका लागि गतअसार १४ गते निवेदन दिएको यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो ।
आईपीओ खरीद गर्न सबै बैंकका शाखाबाट शेयर भर्न सकिन्छ । आजकल मेरो शेयरको माध्यमबाट घरबाटै पनि शेयर भर्न सकिने सुविधा छ

 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ८ : १९ बजे