२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अपि पावर कम्पनीको हकप्रद शेयर आउदै


२३ आश्विन २०७७, शुक्रबार  

0
Shares


२३ असोज ०७७, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निश्काशन गर्ने भएको छ । आउँदो कार्तिक १४ गतेदेखि १०० कित्ता बराबर ४७ कित्ता बराबर हकप्रद शियर निश्काशन गर्न लागेको हो ।
यो हकप्रद शेयर अपि पावरमा शेयर हुनेहरुले मात्रै भर्न पाउछन् ।
अपि पावरले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गर्दैछ ।
हकप्रद निष्काशनका लागि कम्पनीले २०७६ चैत १ गते बुकक्लोज गरेको थियो । यो शेयर फागुन ३० गतेसम्म भर्न पाउछन् ।
हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट मात्रै भर्न पाइन्छ ।
यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत मंसिर ४ गतेसम्म आवेदन दिन पाउनेछन् ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई इक्राएनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । ग्रेड ४ रेटिङ्गले कम्पनीको वित्तीय आधारभुत अवस्था कमजोर रहेको संकेत गर्दछ ।
हाल १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ४८ बजे