२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


तेश्रो दिनमै ७ लाख ४४ हजारले गरे सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा आवेदन


२३ आश्विन २०७७, शुक्रबार  

0
Shares


२३ असोज ०७७,काठमाडौं ः शुक्रबारसम्म सानिमा जनरल इन्स्योरेन्सको साधारण सेयरमा ७ लाख ४४ हजार ४ सय ९१ जनाले भरेका छन् ।
यो आइपीओमा ७ लाख ४४ हजार ४ सय ९१ जनाले १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार रुपैयाँ १ करोड ६२ लाख ३६ हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका छन् ।
३० लाखमा सर्वसाधारण लगानीकर्ताको लागि २७ लाख ३० हजार कित्ताको लागि आवेदन खुला भएको छ । १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डका लागि छुट्याएको छ ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार असोज २१ गतेबाट प्रतिकित्ता १ सय रुपैयाँका दरले ३० करोड रुपैयाँको ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको छ ।
आईपीओमा २५ गतेसम्म न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : ४५ बजे