११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुर वालकुमारीमा बोलेरोले पैदल यात्रुलाई ठक्कर दियो, एकको निधन, अर्का गम्भिर घाइते


६ कार्तिक २०७७, बिहिबार  

0
Shares


६ कात्तिक ०७७, ललितपुर : ललितपुर महानगरपालिका ८ बालकुमारीमा हाल नम्बर नखुलेको बोलेरो गाडीले बिहीबार बिहान पैदलयात्रीहरुलाई ठक्कर दिँदा गम्भीर घाइते भएका महालक्ष्मी नगरपालिका ४ ईमाडोल बस्ने ७८ वर्षीय बाबुकाजी श्रेष्ठको निधन भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिएण्डबी अस्पताल ग्वार्कोतर्फ लैजाने क्रममा बाटोमै निधन भएको थियो ।
ठक्करबाट घाइते भएका सोही ठाउँ बस्ने भाईलाल महर्जनलाई उपचारको लागि सोही अस्पतालमा पठाइएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।