१ असार २०८२, आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आजदेखि(बुधबार) बैंक र शेयर बजार खुल्दै


१२ कार्तिक २०७७, बुधबार  

0
Shares

फाइल तस्विर

१२ कात्तिक ०७७, काठमाडौं । बडादशैंको अबसरमा बन्द भएका बैंक तथा वित्तिय संस्था र शेयर बजार आज(बुधबार) बाट खुल्दैछ ।
बडादशैंको विजया दशमीको तेश्रो दिन आजबाट यी संस्थाहरु खुल्ने भएका हुन् ।
हरेक बर्ष दशैं तथा तिहारमा बितीय संंस्था बन्द हुने गरेका छन् । अघिल्ला बर्षहरुका पर्वहरुको अवसर पारेर वितीय संस्था बन्द भए पनि अत्यावश्यक काममा लागि निश्चित समय काउण्टर खोल्ने चलन भए पनि यो पल्ट भने कोरोना संक्रमणको त्रास रहेको भन्दै काउण्टर खोलेका थिएनन् ।
गएको कात्तिक ७ देखि ११ गतेसम्म सबैजसो बैक तथा वित्यि संस्था बन्द भएका हुन् ।
पछिल्ला दिनहरुमा अत्यावश्यक सेवामा खटिने कर्मचारीहरु कोरोना संक्रमित भएपछि सर्वत्र त्रास छ । बैंक तथा वितीय संस्थामा कार्यरत कर्मचारीहरु समेत कोरोना संक्रमित भएपछि अत्यावश्यक सेवा सञ्चालनमा कठिनाई आइपरेको बताइएको छ ।
लामो समयपछि बैंकहरु खुलेका कारण भीडभाड हुने सम्भावना छ ।
नेपाल बैंकर्स संघका अनुसार दशैंअघिसम्म ३ हजार ७ सय भन्दा ज्यादा कर्मचारीहरुमा कोरोना भएकाा छन् । पछिल्लो समय बैंकहरुले डिजिटल बैंकिङ्गमार्फत कारोबार गर्न आफ्ना ग्हकहरुलाई प्रोत्साहन गरिरहेको छ ।
साथै आजैबाट शेयर बजासमेत खुल्ने भएको छ । पछिल्लो समय नेप्से निरन्तर बढेर १६०० अंक भन्दा माथि पुगेको छ । बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गर्न थालेकाले शेयर बजार अझै बढने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ८ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।