१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सडक कालोपत्र नगरेको भन्दै स्थानीयले बन्द गरे सुनाकोठी सडक


१६ कार्तिक २०७७, आइतबार  

0
Shares


लपु संवाददाता
१६ कात्तिक ०७७,सुनाकोठी । सडक कालोपत्र नगरेको भन्दै ललितपुर सुनाकोठीबासीले सडक बन्द गरेर प्रर्दशनमा उत्रेका छन् ।
स्थानीय युथ २६ ग्रुप,नेवाजलगायत स्थानीयबासीहरुको समर्थनमा चिवाहालदेखि सुनाकोठी चौतारामा अवरोध राखेर स्थानीयबासी सडकमा नाराबाजी गरेर बसीरहेका छन् ।


राष्ट्रिय झण्डा  बोकेर स्थानीयबासीहरु नाराबाजी गरिरहेका छन् भने नेवारी धिमे बाजा सहित प्रर्दशन भइरहेको छ ।
नेवाज क्लवका अध्यक्ष निरोज महर्जनले कालोपत्रे भइसकेपछि मात्रै सडक खोल्ने बताए । उनले भने,बेला बेलामा देखावटी काम गरेजस्तो गरेर हामीलाई झुक्याइएको छ । अव हामी सहदैनौं ।


दिउसो गाडी गुड्दाधुलोले सास्ती दिएकाले सडक बन्द गरेको उनको भनाई छ । विहान १० बजे बन्द गरिउको सडक साँझ ५ बजेसम्म बन्द हुने उनले बताए ।

प्रर्दशनकारीहरुले सुरक्षाकर्मी र प्रेसलाई समेत अवरोध गरिरहेका छन् ।

साँझ ५ बजे मिटिङ्ग आयोजना गरिएकाले थप कार्यक्रम सार्वजनिक हुने उनले बताए ।

दिउँसो गाडी गुड्दाधुलोले सास्ती दिएकाले सडक बन्द गरेको उनको भनाई छ । विहान १० बजे बन्द गरिएको सडक साँझ ५ बजेसम्म बन्द हुने उनले बताए ।

 

प्रर्दशनकारीहरुले सुरक्षाकर्मी र प्रेसलाई समेत अवरोध गरिरहेका छन् । २०७२ सालमै सैलुङ्ग कन्ट्रक्सनले ठेक्का पाएको यो सडकको गत बर्ष नै समय सकिएको थियो । सडक विस्तार र कालोपत्रे गर्ने कार्यादेश पाएको यस ठेक्काका लागि सरकारले मुआव्जा र क्षतिपूर्ति दिएर स्थानीयबासीको घर भत्काउन नसक्दा समय गुज्रेको थियो ।
२०७६ सालमा स्थानीय राजनीतिक दल सँग छलफलपछि सातदोवाटोबाट टाहाखेलसम्म यथास्थितीमा कालोपत्रे गर्ने निर्णय भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  २ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।