२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


माहाकालमा पार्टी एकताका क्रममा वडा कमिटी निर्माण


२३ कार्तिक २०७७, आइतबार  

0
Shares


२३ कात्तिक ०७७, गोटीखेल ललितपुर । ललितपुरको महाङ्काल गाउँपालिकामा नेकपाको पार्टी एकताको क्रममा पार्टी वडा कमिटिहरु बनाइएको छ । नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हरि दाहालको प्रमुख आतिथ्यतामा महाकाल गाउपालिका ६ ठुलादुर्लुङमा र वडा नं.३ गोटिखेलका वडा कमिटिहरु निर्माण गरिएका हुन् ।
महाकाल गाउपालिका ६ ठुलादुर्लुङ वडा कमिटि अध्यक्षमा मिठाराम जमकटेल र सचिवमा अशोक दुलाल चयन भएका छन् भने महााकाल वडा नं.३ गोटिखेलमा षडानन्द शर्माको नेतृत्व युवराज तिमल्सिना सचिब रहने गरी २३ सदस्यीय कमिटी गठन भएको छ ।
शनिबार र आइतबार ती कमिटीका पदाधिकारीहरुको सपथ ग्रहण समेत गरिएको छ । कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य तथा १ नं क्षेत्रीय कमिटि इन्चार्ज मधुसुदन पौडेल, संघीय सांसद नवराज सिलवाल, प्रदेश सांसद लालाकुमारी पुन सुशीला लगायतको उपस्थिति थियो ।
केन्द्रमा पार्टी फुट्ने हल्ला चलिरहेको बेला सुदुर ललितपुरको महाकाल गाउपालिकामा भने एकताका कमिटी गठन हुनुले स्थानीय क्षेत्रमा राम्रो काम भएको भन्दै कार्यक्रममा बक्ताहरुले विचार राखेका थिए ।

 

 

ब्म

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।