१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सूर्यविनायक नगरप्रमुख थापा कोरोना सङ्क्रमित


१३ मंसिर २०७७, शनिबार  

0
Shares


१३ मंसिर ०७७, भक्तपुर । आफ्ना नगरपालिकाका बासिन्दालाई कोरोना भाइरस सङ्क्रमणबाट जोगाउन अहोरात्र खटिएका सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई कोरोना सङ्क्रमण भएको छ ।
नगर प्रमुख थापाले आज शनिबार सामाजिक सञ्जालबाट आफू कोरोना भाइरसबाट सङ्क्रमण भएको जानकारी दिँदै आफूसँग सम्पर्कमा आएकालाई परीक्षण गर्न र सचेत रहन आग्रह गरेका छन् । नगरपालिकाले कोरोना सङ्क्रमण रोक्न र सङ्क्रमितको व्यवस्थापनमा घुम्ती स्वाब सङ्कलनदेखि स्वास्थ्यका गतिविधिमा खटिनुभएका प्रमुख थापा आफँै कोरोना सङ्क्रमित भएका हुन् ।
होम आइसोलेसनबाटै नगरप्रमुख थापाले भने, “गत बिहीबार साँझ म घर पुगेपछि हल्का ज्वरोको महसुस भयो, शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो, हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या देखिएको छैन । केही दिनयता मसँग सम्पर्कमा आएका महानुभावलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।”
उपत्यका नगरपालिका फोरमले आज एक विज्ञप्ति जारी गर्दै फोरमका सदस्य एवं सूर्यविनायक नगरपालिकाका प्रमुख थापाको शीघ्र स्वाथ्यलाभको कामना गरेको छ । फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य, उपाध्यक्ष चिरीबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आफ्ना नगरवासीलाई कोरोनाबाट जोगाउन कर्तव्यबोधका साथ अहोरात्र खटिने क्रममा नगरप्रमुख थापा आफैँ कोरोनाबाट सङ्क्रमण भएकोमा उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीसँग सम्पर्कमा आएकाहरु सचेत रहेर पिसीआर परीक्षण गर्न आग्रह गर्दछौँ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ७ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।