२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


उद्योग वाणिज्य महासंघमा उदाए चन्द्र


१४ मंसिर २०७७, आइतबार  

0
Shares


१३ मंसिर ०७७, काठमाडौं । नेपाल उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले बिजयी प्राप्त गरेका छन् । ढकालले किशोर प्रधानलाइ पराजित गरे ।
ढकालले एशोसियटमा ५ सय २२ मत , प्रधानले ३ सय ७५ वस्तुगतमा ५९ मत प्रधानले ३९ मत र जिल्ला नगरमा ५२ मत ढकाल र ५३ मत प्रधानले प्राप्त गरेका थिए ।
ढकालले एशोसियट र बस्तुगत दुबैमा प्रधानलाइ पछि पारे भने जिल्ला नगरमा मात्र प्रधान एक भोटले जितेका थिए ।
निर्वाचन समितिका अनुसार ढकालले ५४.२६ मत र उनका प्रत्यासी प्रधानले ४५.७४ प्रतिशत मत ल्याएका हुन् ।
उद्योग वाणिज्य महासंघको निर्वाचनको क्रममा चर्को राजनीतिकरण र भोट लिन करोडौं खर्च भएको र प्रतिपर्धापछि महासंघमा तिक्तता ल्याएको भन्दै वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको अध्यक्ष चयन हुने प्रावधान राखेर केही बर्षअघि विधान संशोधन गरेपछि वरिष्ठ उपाध्यक्षमा आर्कषण देखिएको हो ।

यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन् ।
वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए । त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भए । उनीहरु दुुवै जना प्रधान समूहबाट निर्वाचनमा भाग लिएका थिए ।
वस्तुगततर्फ विजयी अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमेशलाल प्रधानले ३७ मत पाए । जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गरी विजयी हुँदा ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत प्राप्त गरेका थिए ।

एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी भएका छन् । संघाईले ४५५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सौरभ ज्योतीले ४ सय ३४ मत प्राप्त गरे । महासङ्घको जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा राजन श्रेष्ठ, तारानाथ अधिकारी, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुनराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजेन्द्र भगत, कुविरकुमार श्रेष्ठ, कमानबहादुर खड्का विजयी भए । गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य विजयी भएका छन् ।
मतपरिणाम सार्वजनिक भएपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब महासङ्घलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने प्रतिबद्धता जनाए । ढकालले भने, “अब चुनावसँगै प्यानल पनि सकियो । हामीलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।”

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।