४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


दक्षिण कोरियामा ३३ हजार ८ सय २४ मा कोरोना संक्रमण


१५ मंसिर २०७७, सोमबार  

0
Shares


१४ मङ्सिर ०७७,(रासस ÷सिन्ह्वा) ः दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३३ हजार ९२४ पुगेको छ ।
हालसम्म भएका कुल संक्रमित मध्ये २७ हजार ५४२ जना कोरोना मुक्त भएका पनि यहाँको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
दक्षिण कोरियामा आन्तरिक रुपमा कोरोना संक्रमण हुनु भन्दा पनि बाहिरी देशबाट आएका व्यक्तिहरुमा भएको संक्रमणका कारण देशभित्रका व्यक्तिहरुलाई सरेको जानकारी दिइदै आएको छ । दक्षिण कोरियामा कोरोना शुरु भएयता हालसम्म यस संक्रमणको कारण ५२३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणको कारण विश्वमा छ करोड २५ लाख ८६ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस कोरोना संक्रमणको कारण विश्वमा १४ लाख ५८ हजार व्यक्तिको मृत्यु भईसकेको छ ।
संक्रमण भएका मध्ये ४ करोड ३१ लाख ९८ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ९ : ५१ बजे