१७ कार्तिक ०७७, काठमाडौं । चन्द्रगिरी हिल्सले आज(बुधबार)बाट आइपिओ खुला गरेको छ । काठमाठौंको थानकोटबाट चन्द्रागिरी डाँडासम्म सञ्चालनमा आएको यस कम्पनीले केवुलकार सञ्चालनसँगै पाँचतारे होटल र अन्य सुविधाहरु चलाइरहेका छन् ।
आजबाट खुल्ने आइपिओ सबैले भर्न भने पाउने छैनन् । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।
आयोजना प्रभवित क्षेत्र काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स. वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) का स्थानियले मात्रै यस आईपीओमा आवेदन दिन पाउनेछन् ।
इच्छुक आवेदकले कम्तिमा १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बताएको छ ।
आईपीओमा छिटोमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ भने त्यस अवधिमा निष्काशनमा ल्याएको शेयर सबै बिक्री नभएमा पुस १६ गतेसम्म आवेदन दिन पाइनेछ ।
प्रतिक्रिया