१२ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको पाटन ३ रात अन्धकार हुँदै


१९ मंसिर २०७७, शुक्रबार  

0
Shares


१९ मंसिर ०७७, पाटन । ललितपुरको पाटनमा मेलाम्ची खानेपानीको पाइप विस्तारको काम गर्नुपर्ने भएकाले ३ रात विद्युत काटिने भएको छ । विद्युत’ प्राधिकरण ललितपुरका अनुसार आज( शुक्रबार),शनिबार र आउदो बुधबार रातको ९ बजेपछि विहान ६ बजेसम्म विद्युत काटिन लागेको हो ।
पाटनमा कुपण्डोल फिडरको लाइन मात्रै काटिने विद्युत प्राधिरणको भनाई छ । पाटनको बंगलामुखी मन्दिरछेउदेखि मच्छिन्द्रगेट,मच्छिन्द्र चोक,इखलखु,वालखा, पूर्णचण्डी मंगलबजार हखा, र साठानारायण क्षेत्रमा रहेको ट्रान्सफरमरबाट वितरित क्षेत्रमा मात्रै विद्युत् काटिनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।