८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


खोकनाको मुआव्जा विवाद मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन


१९ मंसिर २०७७, शुक्रबार  

0
Shares

फास्ट ट्रयाक मुआव्ज विवाद रहेको खोकनाको फाँट । फाइल तस्विर ः ललितपुर खबर

१९ मंसिर ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोकनाको मुआव्जा विवाद मिलाउन सम्बन्धित सरकारी निकायहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुुवाटारमा शुक्रबार आयोजित रक्षा मन्त्रालयको यस आर्थिक वर्षको पहिलो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले खोकनाको जग्गा विवाद मिलाउन अर्थ, भौतिक पूर्वाधार तथा यातायात, राष्ट्रिय योजना आयोग, र रक्षा मन्त्रालय तथा नेपाली सेनालाई पहल गर्न निर्देशन दिएका थिए ।
ललितपुरको खोकनाको द्रुतमार्गको जग्गाको मुआव्जा विवादमा विषयमा सरकारलाई संस्कृति र जातीय चित्रण गर्न खोजिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलिले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले विकास निर्माणको काममा राजनीतिक स्वार्थका आधारमा जातीय र सांस्कृतिका नाममा विकास विकाश निर्माणमा अवरोध नपु¥याउन अनुरोध गरे ।
मुआव्जा विवादको विषयमा सरकारलाई संस्कृति र जातविरोधी चित्रण गरेर फाइदा उठाउनेलाई सम्झाइबुझाइ गर्नुपर्ने प्रधानमन्त्रीको धारणा थियो ।
। प्रधानमनत्री ओलीले सरकारले सम्पदा पुनःनिर्माण गरिरहेको र विकास निर्माणका क्रममा सम्पदालाई असर नपर्ने गरी काम गरिने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘खोकनाका देवताका मठमन्दिर पनि उठाउन लागियो भन्ने गलत कुरा फैलाएर स्थानीयवासीको भावनामा खेल्न खोजिएको छ । जनप्रतिनिधि र नेताहरु उल्टै समस्या बल्झाउन लागेका छन् ।’

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : १८ बजे