१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


‘भारतमा कोरोनाको खोप केही समयमै आउने’


२० मंसिर २०७७, शनिबार  

0
Shares


२० मङ्सिर ०७७, (रासस÷एएनआई) ःभारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसकोविरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा मोदीले यो कुराको जानकारी दिएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा बताइएको छ ।
प्रधानमन्त्री मोदीले भनेका छन्, ‘हामीलाई भारतीय वैज्ञानिकहरुले भन्नुभएको छ, हामीले आगामी केही हप्तामा नै यहाँ कोरोना विरुद्धको खोपको शुरुआत गर्दैछौँ । प्रधानमन्त्री मोदीले यसका भारतीय वैज्ञानिकले निकै मेहनत गरेको पनि सो अवसरमा विपक्षी नेताहरुलाई जानकारी दिएको बताइएको छ ।
अबका केही हप्तामा भारतमा पनि कोरोना भाइरस विरुद्धको खोप दिन सकिने गरी तयारी गरिएको बताउँदै भारतीय वैज्ञानिकहरुले सबैभन्दा पहिला यो खोप कसलाई दिने भनेर सरकारले गृहकार्य गरेको पनि प्रधानमन्त्री मोदीले बताए ।
यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु, कोरोनाको उपचारमा खटेका जनशक्ति, बृद्धबृद्धाहरु र यसका विरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी पनि प्रधानमन्त्रीले दिएका छन् । प्रधानमन्त्री मोदीले भारतीय वैज्ञानिकहरु यो खोप निर्माण गर्ने क्रममा निकै लागेको र उनीहरु यस महान अभियानमा सफल हुने भनी निकै नै आत्मविश्वासका साथ काम गरेको बताए ।
यतिखेर आफूले यो खोप सस्तो मूल्यमा नै के कसरी भारतीय नागरिकलाई उपलब्ध गराउने भन्ने विषयमा भारतका हरेक राज्यका मुख्यमन्त्रीहरुसँग कुराकानी गरिरहेको पनि प्रधानमन्त्री मोदीले बताए ।
भारतका विभिन्न राजनीतिक दलहरुको भर्चुअल बैठकमा सबैभन्दा पनि भारतको विपक्षी दल भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले भारतीय नागरिकले कहिलेदेखि कोरोनाको खोप पाउँछन् भनेर प्रश्न गरेका थिए ।

 

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ८ : ५२ बजे