१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तर उत्तिकै छ गाडीमा भीड


२० मंसिर २०७७, शनिबार  

0
Shares

लगनखेल सुनाकोठी चल्ने टेम्पोमा झण्डिएर यात्रा गर्दै यात्रु । ः तस्विर ललितपुर खबर

ललितपुर खबर
२० मंसिर ०७७,लगनखेल । तीन महिना लामो लकडाउन खुलेपछि ललितपुरका लगनखेल आउने र जाने सार्वजनिक यातयातका सिट खाली खाली थिए । गाडीका साहु डिजेल खर्च नउठेर हैरान थिए । चालक र सहचालक चिया खर्च नभएर निराश ।
तर आजकल परिस्थिती फेरिएको छ । लगनखेल चापागाँउका बस भरिन थालेका छन् । लेले लगनखेलको बसमा भीड बढ्दो छ । लगनखेलबाट गोदावरी लुभु भैसेपाटीलगायतका रुपका बसहरु पनि मान्छेको कमी छैन ।
लगनखेल ठेचो चल्ने टेम्पोका एक चालक सडकका मान्छेलाई गाडीमा राख्न धेरै सिट नभएर पिर पर्न थालेको बताउछन् । उनी भन्छन्, टेम्पोमा मुस्किलले १४ जना अटाउछन् । बाटोमा टेम्पमे रोक्ने बग्रेल्ती छन् ।’
चापागाँउ रुपमा बस चलाउने अर्का चालक नाम नबताउने शर्तमा भन्छन्, ‘आजकल बस चलाएर पैसा पाउन थालिएको छ । विस्तारै परिवारमा खुशी फर्कदैछ ।’
अघिल्ला महिनाहरु पैसा कमाउन नसक्दा निराश हुनु परेको उनको भनाई थियो । उनी भन्छन्,‘पैसा यस्तै संकटका लागि कमाएर राख्नु पर्ने रहेछ बुद्धि पलाएको छ ।’
ललितपुरमै एक बसमा सहचालकको रुपमा काम गर्ने दिनेश घिमिरे कोरोना संकटको बेला घर गएर बस्दा अभाव अनुभव नभएपछि सार्वजनिक बस चलेपछिका केही दिन पैसा नहुँदा कष्टकर रहेको स्मरण गरे । उनी भन्छन्, ‘आजकल पैसा आउन थालेको छ ।’
लगनखेलमा भेटिएकी चापागाँउकी कल्पना घिमिरे भने बस चढ्न डर लाग्न छोडेको बताउछिन् । भन्छिन्, ‘कोरोनाको दर घटेर होला । विस्तारै सबै कुरा ठिकठाक भए झैं लाग्छ । तर के हुने हो कुन्नी’

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ३ : २५ बजे