१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा १ कोरोना सङ्क्रमित घट्दै


२० मंसिर २०७७, शनिबार  

0
Shares


२० मङ्सिर (रासस÷एएनआई) ः भारतका कोरोनाभाइरसबाट सङ्क्रमित भएर सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले अत्यन्त कम हुदै गएको छ ।
पछिल्लो १३६ दिनपछि शनिबार सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सवैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन ।
भारतमा शनिबार चार लाख नौ हजार ६ सय ८९ जना सङ्क्रमित अवस्थामा रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पछिल्लो १ सय ३६ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयको भनाई छ ।
“सक्रिय सङ्क्रमितहरुको सङ्ख्या यो १ सय ३६ पछिको सवैभन्दा कम हो, सन २०२० को जुलाई २२ अघि यो भन्दा कम थियो, त्यसपछि बढ्दै बढ्दै गएको थियो,” मन्त्रालयले भनेको छ ।
मन्त्रालयले पछिल्लो समयमा दिनप्रतिदिन सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै जाने क्रम चलिरहेको जनाएको छ ।
अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितको ४.२६ प्रतिशत मात्रै भएको मन्त्रालयको तथ्याङ्क छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ६ सय ५२ जना नयाँ सङ्क्रमित थपिएका छन । यो सङ्ख्या पनि अघिल्ला केही दिनदेखि घट्दै गइरहेको छ ।
पछिल्लो एक दिनमा कुल ४२ हजार ५सय ३३ जना कोरोनाभाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएको विवरण छ ।
दुवै तथ्याङ्क हेर्दा थपिएका सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले कोरोना भाइरसको महामारी कम हुदै गएको देखिएको छ ।
सङ्क्रमणमुक्त भएकाहरुको अनुपात ९४.२८ रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन ।
भारतमा अहिलेसम्म कुल ९० लाख ५८ हजार ८ सय २२ जना सङ्क्रमणमुक्त भइसकेका छन ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : ३९ बजे