१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा ४ सय ६० कोरोना संक्रमित


२० मंसिर २०७७, शनिबार  

0
Shares


२० मंसिर ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा ४ सय ६० संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ३ सय ४९ जना ललितपुरका ६५ र भक्तपुरका १८ जना छन ।
गएको २४ घण्टामा देशभर १ हजार २४ जनामा कोरोना भाइरस को संक्रमण भेटिएको छ । गएको २४ घण्टामा ६हजार ७४ नमुना परीक्षण गर्दा ४ सय २ महिला र ६ सय २२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
आजको तथ्याङ्कसँगै जम्मा संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ । यीमध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन ।
१ हजार ५ सय ७७ जनाको मृत्यु भएको छ ।
हाल देशभर १४ हजार २ सय ५५ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार २ सय ६३ जना होम आइसोलेसनमा छन् भने ३ सय १२ जनाको आईसीयू र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ७ : १५ बजे