१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा भयानक कार दुर्घटना, एकको मृत्यु, तीन घाइते


२१ मंसिर २०७७, आइतबार  

0
Shares

मध्यपुरथिमि नगरपालिका ३ कौशल्टारस्थित ६ लेन सडकमा राती १२ः४५ बजे अनियन्त्रित भई दुर्घटना भएको बा. कार । । तस्बिर ः रमेश गिरी/रासस

२१ मंसिर ०७७, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । कारमा सवार अन्य तीन सामान्य घाइते भएका छन । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आज बिहान १२ः४५ बजे कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिई पल्टिएको थियो । दुर्घटनामा कारमा सवार काठमाडौँ महानगरपालिका–४ बूम्रबराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको छ ।
चार जना सवार कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पु¥याइएको बताए । घाइते श्रेष्ठको अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका थिए ।
घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि–१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले बिहान नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए । त्यही कारमा सवार मध्यपुरथिमि–५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका–४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।
दुर्घटनापछि कारमा सवार ती तीन जना नै घाइते युवतीको अवस्था हेरेर मृत्यु भएको भन्दै छाडेर फरार भएका थिए । प्रहरीले खोजी गर्ने क्रममा बिहानै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जनाइएको छ । दुर्घटनाको क्रममा कार पूर्ण क्षति भएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १२ : ३१ बजे