२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरका १८ वडाध्यक्षहरुद्वारा आन्दोलनको चेतावनी


२१ मंसिर २०७७, आइतबार  

0
Shares


२१ मंसिर ०७७,पुल्चोक । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले पद्दती अनुसार निर्णय नगरी मनोमानी गर्दै आएको भन्दै नगरका विभिन्न १८ वटा वडाका वडाध्यक्षहरुले आन्दोलनको चेतावनी दिएका छन् ।
कार्यपालिका बोर्डको निर्णयविना नै बजेट बुक प्रकाशन भएको भन्दै एक बोर्ड सदस्यले ललितपुर खबरसँग असन्तुष्टि जनाएकी छिन् ।
उनले भनिन्, ‘बजेट बुक निस्कनुअघि पद्दती अनुसार नभई मनोमानी भएको छ ।’
बजेट बुकमा नगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहमती र छलफल विना नै धेरै योजनाहरु घुसाएपछि नगरपालिकाको काम अस्तव्यस्त भएको उनीहरुको आरोप छ । ।

ललितपुरका मेयर चिरीवावु महर्जनले भने ती वडाध्यक्षहरुको आरोप ठाडै अस्विकार गरेका छन् ।
मेयर महर्जनले विपक्षी पार्टीका सदस्यहरुले के निहु पाउ कनिका विकाउ भन्ने उखान चरितार्थ गरेको ललितपुर खबरलाई प्रतिकृया दिए । उनले भने, ‘त्यस्तो केही छैन, साथिहरुलाई चुनाव लागेछ । गलत काम भएको भए उदारण दिन सक्नु पर्छ ।’
मेयर महर्जनले आफूले विधि अनुसार काम गरे पनि विषयलाई राजनीतिकरण गरेको बताए ।

नगरपालिका श्रोतका अनुसार नगरपालिकामा लामो समयदेखि मिटिङ्ग नै बस्न सकेको थिएन । मेयर महर्जन कोरोना संक्रमित भएपछि बैठक बस्न नसकेको भनेर थामथुम पारेपछि नगरको बजेट बुक प्रकाशन भएपछि विवाद असरल्ल भएको हो ।
महानगपािलका वडा २४ का अध्यक्ष दिनेश कार्कीले मेयरको मनपरी निर्णय गरेकाले महानगरका विकास योजनाहरु भद्रगोल हुन थालेको बताए । उनले भने, मेयर महर्जनले कार्यकारी अधिकृतको सहयोगमा कानून विपरितका निर्णय गरेका छन् ।
महानगरमा बहुमतको निर्णय नमानी मेयर महर्जनले बहुमत कार्यपालिका सदस्यको निर्णयलाई उल्ट्याउदै एकलौटी निर्णय गरेको भन्दै महानगरका १८ जना वडा बैठक बोलाउन माग गरेका छन् । मेयर महर्जनले तत्काल बैठक नबोलाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

वडाध्यक्षहरुले नेपाल प्रहरीबाट केही समयअघि अवकास पाएका ट्राफिक प्रहरी सिताराम हाथेछुलाई कानुन वितरित वरिष्ठ प्रहरी निरीक्षकको नियुक्ति दिएको भन्दै विरोध गरेका छन् ।
उनीहरुले हाथेछुको नियुक्ति बदर गर्न माग समेत गरेका छन् ।
राजश्व तिर्न बाँकी रहेको ठुला कम्पनीहरुको होडिङबोर्ड हटाएर आर्थिक अनियमितता गरेको अर्को गम्भिर आरोप मेयर महर्जनलाई लगाइएको छ ।
निर्णय विपरित नगर प्रहरीको पोशाक परिवर्तन गरेको, प्रहरीलाई साइकल किनेको विषयलाई पनि मुद्दा बनाइएको छ । हाछेथुको नियुक्तिको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरिरहेको छ ।
वडा अध्यक्षहरुले कोरोना नियन्त्रणको लागि विनियोजन गरेको १९ करोड रुपैयाँ बजेटको हिसाव सार्वजनिक गर्न माग गरेको छन् भने स्थानीय सरकार सञ्चालन ऐन विपरित भएका निर्णय सच्याउन माग गरेका छन् ।
मेयर महर्जनको एकलौटी निर्णयको कार्यपालिकाका बहुमत सदस्यले अस्विकार गर्ने मेयरविरुद्ध बहुमत वडा अध्यक्ष एकजुट भएको उनको भनाई थियो ।
मेयर महर्जनले इन्टरनेट इन्ट्रानेट शिर्षकमा ५५ लाख बजेट पुस्तक प्रकाशित नभई २ करोड ५० लाखको टेण्डर गरिएको, मेयर महर्जनले कानून बमोजिम न्युनतम दररेट बोर्डबट अनुमोदन गर्नुपर्ने, बोर्डको अनुमति बिना नगर प्रहरीको पोशाक, पिपिइ खरिद र चिडियाखानालाई १० लाख रुपैयाँ अनुदान दिएको रकमको बेरुजु कायम गनुपर्ने, वडाअध्यक्षहरुले मेयर महर्जनलाई महानगरभित्रका संक्रमितलाई सुविधा दिनुपर्ने र २९ वटै वडामा फोहोर संकलन गर्न माग गरेका छन् ।
वडाध्यक्षहरुले मेयर महर्जनलाई ९ बुँदे ध्यानाकर्षण बुझाइ सकेको बताएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ८ : ३२ बजे