८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कुपण्डोलबाट झुठ फैलाई ठगेकोे अभियोगमा २ जना पक्राउ


२२ मंसिर २०७७, सोमबार  

0
Shares


२२ मङ्सिर ०७७, कुपण्डोल । धामी झाँक्रीले प्रयोग गर्ने थुरमीमा तान्त्रिक शक्ति रहेको भनि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरी सर्वसाधारण मानिसहरूमा भ्रम फैलाई लोभ लालचमा पारी ठगी गर्न खोजेको अभियोगमा २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं मिलनचोक बस्ने मकवानपुर मनहरी गाउँपालिका ७ ज्यामिरे घर भएका ४५ वर्षीय जिवन प्रजा र काठमाडौं धुमबाराही बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका १२ घर भएका ४३ वर्षीय जय गिरी रहेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई ललितपुर महानगरपालिका(१० कुपण्डोलबाट पक्राउ गरेको हो ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको प्रहरी परिसर जावलाखेलले बताएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १० : २६ बजे