८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका सानागाँउका युवक साइवर अपराधमा पक्राउ


२३ मंसिर २०७७, मंगलबार  

0
Shares


२३ मंसिर ०७७, ललितपुर । सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ सानागाँउ बस्ने २५ वर्षका युवक विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका छोरेपाटनका १५ र १७ बर्षका दुई जना युवकहरु रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।
पोखराका ती दुई जनाको अनुसन्धान बाँकी नै रहेकाले नाम नखुलाइएको ब्यूरोले जनाएको छ ।
‘ह्याकर्स हन्ट अपरेसन’ सञ्चालन गरी विशिष्टीकृत रूपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरुलाई पक्राउ गर्न सफल भएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिएका छन् ।
उनीहरुले अनधिकृत रूपमा सरकारी सूचना प्रवाह गरी विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेकाले अनुसन्धान भइरहेको ब्यूरोले सोमबार जारी गरेको सूचनामा जनाइएको छ ।
निजहरुलाई जिल्ला अदातल काठमाडौंबाट पक्राउ अनुमति लिई पक्राउ गरेपछि अनुसन्धान अगाडि बढाएको साइबर व्युरो भोटाहिटीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : १७ बजे