११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोना खोप लगाउन फाइजर र सेरमद्वारा भारतमा माग्यो अनुमती


२३ मंसिर २०७७, मंगलबार  

0
Shares

 


२३ मंसिर ०७७, नयाँदिल्ली ।(रासस–सिन्ह्वा) – दुई वटा कोरोना खोप उत्पादक कम्पनीहरु फाइजर इन्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ) ले भारतमा कोरोना भाइरसकाको खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआइ) समक्ष आवेदन दिएका छन् ।
भारतमा फाइजर कोरोना का लागि विभाग समक्ष अनुमति माग्न पुग्ने पहिलो विदेशी कम्पनी हो भने सेरम पनि कोभिसिल्ड खोपका लागि आवेदन गर्ने पहिलो भारतीय कम्पनी हो ।
विभागका एक अधिकारीले भने, “फाइजर इन्डियाले फाइजर–बायोएनटेकको कोरोना भ्याक्सिन भारतमा आयात र वितरण गर्न अनुमतिका लागि आवेदन दिएको छ ।”
यद्यपी खोप भण्डार गर्न आवश्यक पर्ने माइनस ७० डिग्री सेल्सियसको अत्यन्त कम तापमानले भारत जस्ता मुलुकमा यसको वितरणका लागि ठूलो चुनौती छ ।
फाइजरले खोपको आपतकालीन प्रयोगका लागि यस किसिमको अनुमति बेलायत र बहराइनमा पाइसकेको छ ।
“प्रतिज्ञा गरेझैं सन् २०२० को अन्त्य हुनुअघि नै भारतमै निर्मित खोप कोभिसिल्डको आपतकालीन प्रयोगका लागि सेरमले आवेदन दिएको छ । यसले असंख्यको ज्यान बचाउनेछ । भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनीहरुको अमूल्य सहयोगका लागि धन्यवाद दिन चाहन्छु,” एसआइआइका प्रमुख अदार पुनावालाले एक विज्ञप्तिमा भनेका छन् ।
अहिले भारतीय स्वास्थ्य अनुसन्धान परिषदद्वारा सह–प्रायोजित कोभिसिल्डको तेस्रो चरणको क्लिनिकल परीक्षण देशका विभिन्न भागमा संचालनमा छ ।
एसआइआइले विशाल औषधि उत्पादक कम्पनी अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयसँग कोभिसिल्डको उत्पादनका लागि साझेदारी गरेको छ ।
पुनावालाले भारत सरकारले एसआइआइबाट उत्पादित कोभिड–१९ का खोप ३० करोडदेखि ४० करोड डोज खरिद गर्ने बताए । यस कम्पनीले हाल प्रति महिना ५० देखि ६० लाख डोज उत्पादन गरिरहेको छ र अर्को वर्ष सन् २०२१ को जनवरीदेखि प्रति महिना १० करोड डोज उत्पादन गर्ने योजना छ ।
कोभिसिल्ड खोपलाई २–८ डिग्री सेल्सियस तापक्रममा भण्डार गर्न सकिन्छ ।
भारत सरकारले देशको सबैभन्दा ठूलो खोप अभियान संचालनका लागि पूर्व तयारी शुरु गरिसकेको छ ।
हाल, भारतमा पाँच किसिमका कोरोना खोपहरु विकासको लगभग अन्तिम चरणमा पुगेका छन् ।
गत हप्ता भारतीय प्रधानमन्त्री मोदीले विज्ञहरुले भनेबमोजिम केही हप्ताभित्रै खोप तयार हुने बताएका भएको थिए ।
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या मंगलबारसम्म ९७ लाख पुगेको छ । भारतमा १ लाख ४० हजार ९सय ९४ जनाको मृत्यु भइसकेको छ ।
––

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ५३ बजे