१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टिकाभैरवको चौकीनिर चार पसल चोरी


२४ मंसिर २०७७, बुधबार  

0
Shares

कुलप्रसाद अम्गिाई, र रामहरी सत्यालको पसल चोरी भएको स्थान । ललितपुर खबर

ललितपुर खबर

२४ मंसिर ०७७, टिकाभैरव ललितपुर । ललितपुर टिकाभैरवको  चार घारमा चोरी भएको छ । सोमबार राती चारै घरमा ताला फोरेर सरसामान चोरीएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

टिकाभैरव प्रहरी चौकीका सई तिलक गौत्तमले चोरी गर्ने अज्ञात व्यक्तिले ताला फोरेर पसलहरुमा पसेको जानकारी दिए । उनले भने, पसलहरुको ताला फोरिएको भए पनि धेरै परिमाणमा सरसामान नलगेको बताए ।

किराना व्यावसाय गर्ने रामहरी सत्याल,कुलप्रसाद अम्गाईको होटल,सपना तामाङ्गको होटल र हरिचन्द्र घिमिरेको दुध डेरीको ताला फोरेर चोरी गरिएको हो ।

स्थानीय पसल व्यावसायी गर्ने रामहरी सत्यालको पसलबाट १५ हजार नगद,सात पेटी पाइलट चुरोट, ३ पेटी सूर्य र वियरहरु लगेको बताए ।

होटल व्यावसायी कुल प्रसाद अम्गाई हमालको पसलबाट ३ वटा वियर,२ हजार २ सय रुपैयाँ नगद अरु केही रक्सी र सूर्य चुरोट  लगेको उनकी श्रीमती फट्याग्री हमालले बताइन् । त्यस पसलमा भने सटर नफोरी ढोकाबाट चोर पसेको उनको भनाई छ  ।

स्थानीय भेटेनरी व्यावसाय गरेर बस्ने सुवास महतले २ वर्ष अघि पनि यसरी नै श्रृखलाबद्ध रुपमा पसलहरु चोरीएको बताए ।

नजिकै रहेको हरिचन्द्र घिमिरेको डेरी पसलको चार वटा ताला फोरिएको उनकी श्रीमती सरस्वती घिमिरेले बताइन् । उनले भनिन्, सामान के लगेको हो भन्ने चाही पत्तो पाइदैन । सिसि क्यामेरामा हेर्दा चाही झोला झुण्डयाएको देखिन्छ ।

अर्को होटलकी सपना तामाङ्गको पसलबाट भने केही लोकल रक्सि खाएको, आधा बट्टा चुरोट र ३ हजार ३ सय लगेको  जानकारी दिइन् । उनले भनिन्, ‘मेरो सानो पसल छ । धेरै लग्न पाएन ।’

टिकाभरैव प्रहरी चौकीका प्रमुख गौत्तमले थोरै सरसामान लगेको भए पनि  धेरै पसल फोरिनु गम्भिर घटना भएको बताए । उनले भने, अनुसन्धान जारी छ । अपराधि पक्राउ गरिनेछ । कानुन बमोजिक दण्ड दिइनेछ ।

गौत्तमले चोरी भएको ठाँउको कार्यक्षेत्र छम्पीको भए पनि नजिकै भएकाले आफूले अनुसन्धान गरेको बताए ।  चोरी भएको घटनास्थल प्रहरी चौकीबाट १ सय मिटर टाढा छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ८ : २० बजे